कैलाली प्रहरीले चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझायो

कैलाली प्रहरीले चोरी भएको मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझायो

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले चोरी भएको मोटरसाइकल फेला पारी सम्बन्धित सवारी धनीलाई बुझाएको छ । 

बिहीबार धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित वर्षा होटल नजिकबाट होण्डा कम्पनीको युनिकर्न १६० सीसीको से ४ प ९१४३ नम्बरको मोटरसाइकल चोरी भएको थियो । मोटरसाइकल चोरी भएपछि सवारी धनी खेमकुमार चोखालले प्रहरीलाई खबर गरेका थिए ।

सो मोटरसाइकल फेला पारी प्रहरीले शुक्रबार सम्बन्धितलाई बुझाएको छ । भने, मोटरसाइकल चोरको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।