बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले हाल पुर्पक्षका लागि थुनामा रहेका कैलाली क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद रेशमलाल चौधरीलाई शपथ गराइ पुनःथुनामा रहेको जानकारी गराएका छन् ।
यस्तै सभामुख महराले चौधरीले हाल सांसदको कुनै पनि कार्य गर्न तथा सेवा सुविधा नपाउने सदनलाई जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही पुस २९ गते बस्नेछ ।