कविता - छोरा मान्छे

धनगढी खबर    

कविता - छोरा मान्छे
तस्बिर : सत्य उपाध्याय

तिमि जन्मियौ यो धरामा 
खुशी भर्दै आमा बुवाको आखामा 
यो रंगीचंगी दुनियाँ भेटन हतारिदै
पिजडा को चरी झै अल्झिएको बेला 
निस्कियौ खुला आकाश 
खुला मैदान मा पाइला बिछाउदै 
तब लिपिए अनेक खुसिका रंगले 
तिम्रा सुभचिन्तक का मनहरु 
किनकी तिमि सयौ जिम्मेवारी को 
मालिक छोरा मान्छे हो //

बिडम्बना !!
अह मिलेन कत्तीपनि मिलेन 
म एउटा छोरी भएर जन्मिदा 
कसैलाइ खुशी मिलेन 
तिमि जन्मिदा भोज मनाइयो 
उत्सव मनाइयो मात्र तिमि जन्मिदा 
यि सारा आफन्तलाइ बोलाइयो 
सुभ समाचार बाडियो 
म जन्मिदा उल्टै ति आमालाइ 
अनेक बचन ले बाधिइयो 
हुन सक्छ साएद तिमि सयौ 
जिम्मेवारी को मालिक 
छोरा मान्छे हो //

तिमिले आज,हिजो र भोली हेर्नु छ 
यि सबैको भावना  
बुवा आमाको अन्तिम इच्छा 
श्रीमती, छोरा , छोरी
ति बिचल्ली मा परेका दिदि बहिनी 
सडक पेटिका दुखी दरिद्र 
इज्जत, धन,पैसा,वैभव 
सारा हेर्नुछ 
किनकी तिमि सयौ जिम्मेवारी को 
मालिक छोरा मान्छे हो //

म केवल एउटा छोरी मान्छे न हो 
सबैको बोझ 
आमा बुवा 
दाजु भाइ 
यि आफन्त यो दुनियाँ 
जस्को यो अन्धकार समाज 
यि अन्धभक्त मान्छे को भिडमा 
अझै पनि कुनै अस्तित्व भेटिदैन
मेरो इच्छा 
मेरो भावना 
मेरो योग्यता 
मेरो इमान्दारिता केहि हेरिदैन 
तिम्रा राम्रा नराम्रा काम हेरिन्छन  
हरेक क्रियाकलाप मुल्यवान छन 
प्रसंशानिय छन ,उदाहरणीय छन 
हास्यास्पद अनि रहस्यमय छन 
किनकी तिमि सयौ जिम्मेवारी को 
मालिक छोरा मान्छे हो //

तेसैले त म जहिले आग्रह गर्छु 
सबैको आसा बन्नु निराशा होइन 
हासो बन्नु आसु होइन 
यो देश,आमाबुबा र आफन्त 
सबैलाई मनमन्दिर मा राख्नु 
ठुलो मान्छे त जो कोहि बन्छ 
तिमि असल मान्छे बन्नु 
किनकी तिमि सयौ जिम्मेवारी को 
मालिक छोरा मान्छे हो //

                  सत्य उपाध्याय



बिहिबार २६, पुष २०७५ ११:१५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस