भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो

भारतले अनुदानमा दिएको कोरोना खोप नेपाल आइपुग्यो

भारतले अनुदान स्वरुप दिएको १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ। एयर इन्डियाको विमानमार्फत बिहान साढे ११ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा आइपुगेको हो।

उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन्। खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिने छ।

मन्त्रालयले खोप आएको एक हप्ताभित्र लगाइसक्ने गरी तयारी गरेको बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार ७७ जिल्लामै एकैसाथ खोप लगाउने अभियान सुरु हुनेछ।