सुदुरपश्चिम खप्तड गोल्डकप को आज तेस्रो दिन भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेड भिड्ने

सुदुरपश्चिम खप्तड गोल्डकप को आज तेस्रो दिन भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेड  भिड्ने

धनगढी : सुदुरपश्चिमको धनगढीमा जारी तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप को आज तेस्रो दिन भ्याली च्यासल युवा क्लब र दिल्ली युनाइटेड बिच खेल दिउँसो साढे २ बजे धनगढी रंगशालामा हुने भएको छ ।

नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्रा्िष्ट्रय सुदुरपश्चिम खप्तड गोल्डकपअन्तर्गत बुधबारको खेलमा मोरङ फुटबल क्लबलाई ३–० ले पराजित गरेको छ ।

मोफसलकै सर्वा्िधक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५ १५ हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।