प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

प्रधानमन्त्री कप अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौँ । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा आज बिहिवार एपीएफ क्लब र गण्डकी प्रदेश तथा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश खेल्दै छन् । मुलपानी क्रिकेट मैदानमा बिहान ९ बजे उपाधि दाबेदार एपीएफले गण्डकीसँग प्रतिस्पर्धा गर्नेछ ।

तालिकाको दोस्रो स्थानमा रहेको एपीएफले १ खेलमा २ अंक जोडेको छ । गण्डकी ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस्तै कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुबै टिम दोस्रो जितको खोजीमा रहेका छन् ।

समूह बी मा रहेको पुलिसले २ खेलमा २ अंक जोडेको छ भने लुम्बिनीले १ खेलमा २ अंक जोडेको छ । लुम्बिनी र पुलिस दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।