कोरोनाबाट विदेशमा ज्यान गुमाएका दिनेश गुरुङको परिवारलाई आइएमईको सहयोग

कोरोनाबाट विदेशमा ज्यान गुमाएका दिनेश गुरुङको परिवारलाई आइएमईको सहयोग

धनगढी । रोजगारीको सिलसिलामा विदेशमा मृत्यु भएका व्यक्तिको परिवारलाई आइएमई लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ । आइएमई लिमिटेडले सञ्चालन गरेको आइएमई भरोसा कोषमा आवद्ध भएका मृतकका परिवारलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि सहयोग रकमको चेक प्रदान गरेको हो । 

आइएमई सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले टिकापुरमा एक कार्यक्रमको आयोजना गरी कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका दिनेश गुरुङको परिवारलाई नगद ५० हजार रुपैया प्रदान गरेको हो । त्यस अवसरमा आइएमई भरोसा कोष कार्यक्रमका बारेमा आइएमई लिमिटेड का सुदूरपश्चिम प्रमुख सञ्जय मुर्ति कोइरालाले जानकारी गराएका थिए ।

आइएमई भरोसा कोष अन्तर्गत प्राप्त गरेको सहयोग रकमको चेक बुझ्दै नन्दकला कुमारी पुन मगरले विदेशमा श्रीमान गुमाउनुको पिडामा मलम लगाउने काम गरेको बताएकी थिइन । उनले कमाउन गएको श्रीमानको मृत्युले घरपरिवारमा समस्या भइ रहेका वेला आइएमईले गरेको सहयोग आफ्ना लागी ठुलो राहत भएको बताएकी थिइन । साथै उनले पिडामा मलम लगाउन सहयोग गर्ने आइएमई भरोसा कोषलाई धन्यवाद दिएकी थिइन । 

आइएमई भरोसा कोषको रकम मृतककी श्रीमती नन्दकला कुमारी पुन मगरलाई प्रदान गरिएको प्रेम शंकर जोशीले जानकारी दिएका छन । कार्यक्रममा आइएमई लिमिटेडका सुदूरपश्चिम प्रमुख सञ्जय मुर्ति कोइराला, मृतकका भदाहा हर्क बहादुर घर्ती र आइएमई लिमिटेडका कर्मचारी प्रेम शंकर जोशीको उपस्थिती रहेको थियो ।