भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप, खोप भोलि नै नेपाल आउने

भारतले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप, खोप भोलि नै नेपाल आउने

सरकारले बिहीबार नै नेपालमा कोरोनाविरुद्धको खोप ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र भारतीय राजदूत विनय मोहन क्वात्राले बुधबार मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै भारत सरकारको अनुदानमा कोरोना खोप ल्याउने जानकारी दिनुभएको हो ।

खोप अनुदान सहयोग गरेकोमा मन्त्री त्रिपाठीले भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले पहिलो चरणमा फ्रन्टलाइनमा खटिने योद्धाहरुका लागि खोप प्रयोग गरिने जानकारी दिनुभयो । ‘फागुनमा खोप ल्याउने घोषणा मैले गरेको थिएँ,’ उहाँले भन्नुभयो, ‘तर पहिलो खेपको खोप भोलि नै नेपाल आउने भएको छ ।’

मन्त्री त्रिपाठीले कानुनी, आर्थिक जटिलता हल गर्न सके बाँकी खोप पनि छिट्टै ल्याउने सकिने बताउनुभयो । उहाँले खोप आयातमा पारदर्शीता अपनाउने प्रतिबद्धता जनाउनुभयो ।