भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारबाट खोप अनुदानमा वितरण गरिने उल्लेख छ।
नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ खुलिसकेको छैन।
सरकारले गठन गरेको विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले प्राप्त हुनलागेको खोपको परिमाण जानकारी नभइसकेको बताए।