बाजुरामा ३ वटा भरुवा बन्दुक सहित १ जना पक्राउ

बाजुरामा ३ वटा भरुवा बन्दुक सहित १ जना पक्राउ

बाजुरा । बाजुरामा ३ वटा घरेलु बन्दुकसहित एक जना पक्राउ परेका छन । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ सुदाडाबाट घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका सुदाडाकै लालबहादुर सेजुवाल रहेको बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजीत महराले बताए ।

सेजुवाललाई पक्राउ गर्दै घर नजिकैको भैसी गोठमा लुकाएको अवस्थमा ३ वटा घरेलु बन्दुक बरामद गरिएको प्रहरी नायब उपरीक्षक महराले बताए ।

निजलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले सोही ठाउँबाट अज्ञात जंगली जनावरको छाला समेत बरामद गरेको छ ।