टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाईते

टिप्परको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान गम्भीर घाईते

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका, ४ भगवती टोलमा मोटरसाईकललाई टिप्परले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने एक गम्भीर घाईते भएका छन । 

से १ प ८३८ नम्बरको टिप्परले मगलवार विहान म १ प ३३८० को मोटरसाईकलमा ठक्कर दिदा सवार वडा नम्बर १३ वोराडाडी बस्ने ४९ वर्षिया पार्वती अवस्थीको घटनास्थलमै मृत्यु जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

चालक ५२ वर्षका हेमराज अवस्थीको अवस्था गम्भीर रहेको छ ।  उनको सेती अञ्चल अस्पतालमा उपचार भईरहेको छ । मृतक र घाईते श्रीमान–श्रीमती हुन । 

मोटरसाईकललाई ठक्कर दिने कञ्चनपुरको कृष्णपुर नगरपालिकाका कपिल कुवर र टिप्परलाई नियन्त्रणमा लिईएको प्रहरी निरीक्षक कमल विष्टले बताए ।