डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, पाँच जना घाइते

डडेल्धुरामा ट्याक्टर दुर्घटना हुदाँ एकको मृत्यु, पाँच जना घाइते

डडेल्धुरा । मंगलबार डडेल्धुरा सदरमुकाम नजिकै ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। से १ त ३८१३ नम्बरको ट्याक्टर कच्ची सडकबाट केही तल खस्दा एकजनाको घट्नास्स्थल मै मृत्यु भएको हो।

जिल्लाको अमरगढी नगरपालिका–२ मा उक्त ट्याक्टर दुर्घटना हुँदा सोही वडाको कुस्माली गाउँका गणेशबहादुर ऐरको मृत्यु भएको जनाइएको छ। 

दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए। घाइतेको उद्धार गरी डडेल्धुरा अस्पताल पुर्‍याइएको प्रहरी नायव उपरीक्षक नेपालले बताए।

घाइतेहरुको परिचय खुलेको छैन। ट्याक्टर दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनायो।