नेपालमा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ३४८ जनामा कोरोना पुष्टि, ४ को मृत्यु

पछिल्लो २४ घन्टामा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म मुलुकभर २ लाख ६७ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार जनाएको छ । 

मन्त्रालयका अनुसार मंगलवार ४ सय ४१ जना भाइरस मुक्त भएका छन् । यससँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख  ६२ हजार २ सय ५९ जना पुगेको छ ।

मंगलवार ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६९ पुगेको छ ।