बढ्यो सुनको मुल्य, तोलाको कति ?

बढ्यो सुनको मुल्य, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको भाउ उकालो लागेको छ। हिजो सोमबारको तुलनामा आज सुन र चाँदी दुबैको भाउ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

जसअनुसार तोलामा चार सय रुपैयाँले बढेको छापावाल सुनको भाउ स्थानीय बजारमा प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको महासंघको भनाई छ। हिजो सोमबार छापावाल सुनको कारोबार प्रतितोला ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज तेजाबी सुनको भाउ तोलामा ९१ हजार पाँच सय रुपैयाँ छ। सुनको मूल्य बढेको दिन आज मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

प्रतितोला १५ रुपैयाँले बढेको चाँदीको मूल्य आज एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। हिजो यसको मूल्य तोलामा एक हजार दुई ३० रुपैयाँ थियो।