नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३ जनामध्ये २८ वर्षीय महिला  ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका थिए । उक्त प्रजाति बेलायतमा देखिएकै नयाँ भेरियन्ट भएको पुष्टि भएको पनि मन्त्रालयलेृ जनाएको छ । 

मन्त्रालयले जबसम्म रोगको भ्याक्सिन नेपालमा उपलब्ध हुँदैन त्यतिन्जेलसम्म सावधानी अपनाउनुपर्नेमा जोड दिँदै भीडभाडमा नजाने, जानुपरेपनि दुई मिटरको दुरी कायम राख्ने, बाहिर जाँदा अनिवार्यरुपमा मास्क लगाउनेलगायतका उपाय अपनाउन पनि आग्रह गरेको छ ।