युवतीले मन चोरेको भन्दै प्रहरीमा उजुरी

एजेन्सी    

युवतीले मन चोरेको भन्दै प्रहरीमा उजुरी

भारतको नागपुरमा एक युवकले आफ्नो मन चोरेको भन्दै युवतीविरुद्ध चोरीको मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगेका छन् । एक युवतीले मेरो मन चोरेको बताउँदै नागपुरस्थित एक प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्न गएका ती युवकलाई देखेर प्रहरीसमेत अचम्मित भएका थिए । 

हालै भएको यो घटनामा ती युवकले मन चोर्ने युवतीविरुद्ध मुद्दा दर्ता गराएर आफ्नो चोरिएको मन समेत फिर्ता गर्न चाहेका थिए । अन्य प्रकारका चोरीका मामिला भारतमा नौलो नभएपनि यस्तो चोरीको उजुरी पहिलो र अचम्मलाग्दो थियो । 

एकछिन छलफल गरेपछि प्रहरीले भारतमा यससम्बन्धमा कुनै कानुन नभएको भन्दै मुद्दा दर्ता नगरी ती युवकलाई फर्काएका थिए । हालसालै भारतमा चोरी भएको ८२ लाख रुपैयाँ फिर्ता गर्ने कार्यक्रममा एक प्रहरी अधिकारीले यो घटनाको खुलासा गरेका थिए । 



बुधबार २५, पुष २०७५ ०२:२७ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस