सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ ३ गतेदेखि शुरु हुने

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ ३ गतेदेखि शुरु हुने

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ ३ गते आहृवान गर्नेगरी तयारी थालिएको छ ।असोज २३ गते वर्षे अधिवेसन सम्पन्न भएपनि प्रदेश सरकारले बिजनेस दिन नसक्दा हिउँदे अधिवेसन आहृवानमा अन्योलता देखिएको थियो । तर प्रदेश सरकारलाई बढेको चौतर्फी  दवाबका कारण प्रयाप्त विजनेस नहुँदा पनि माघ ३ गते बैठकको तयारी थलिएको हो ।

प्देश सभामुख अर्जुनबहादुर थापाले सभामा छलफलका लागि विधेयक दर्ता भए पछि माघ ३ गते बैठक आहृवान गरिएको जानकारी दिए । जसको लागि तयारी थालिएको सभामुख थापाको भनाइ छ । 

संविधानमा व्यवस्था भएनुसार मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखबाट बैठक आहृवान गरिन्छ । जसअनुसार सभामुखले बैठकको मिति र समय निर्धारण गरिने प्रावधान रहेको छ ।  

जनतासंग प्रत्यक्ष सरोकार राख्ने थुप्रै कानून निर्माण गर्न बाँकी देखिए पनि प्रदेश सरकारले प्रदेश सभालाई बिजनेस दिन नसकेको भन्दै जनदवाब निकै बढेको थियो । जुन दवावकै कारण हिउँदे अधिवेसन तोक्न प्रदेश सरकार बाध्य भएको बुझिएको छ ।

माघ ३ गते बैठक आहृवानको तयारी थालिएपनि पछि भने बैठकले धेरै निरन्तरता नपाउने देखिएको छ । सभामा हालसम्म दुई वटा विधेयक मात्रै छलफलको लागि दर्ता भएकाले पछि निरन्तरता नपाउने देखिएको हो ।

प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले भने–‘हालसम्म प्रदेश सभामा प्रदेशस्थित सहकारी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश सभा सविचवालय सञ्चालन तथा व्यवस्थापन गर्न सम्बन्धी बनेको बिधेयक मात्रै दर्ता भएका छन् । जुन प्रयाप्त होइनन् । जुनकारण पछि बिजनेसको अभाव देखिने सम्भावना छ ।’

यसैबीच प्रदेश सभाको हिउँदे अधिवेसनमा प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन गराउने पहल थालिएको छ । हिउँदे अधिवेसनको पहिलो बैठकको सम्बोधन प्रधानमन्त्री ओलीबाट गराउने पहल थालिएको थियो ।

तर प्रधानमन्त्रीको व्यस्तताले माघ ३ गते सम्बोधन नहुने भएपछि माघ १५ गते सम्बोधनको तयारी भैरहेको सभामुख थापाले जानकारी दिए ।प्रदेश सभाबाट हालसम्म १७ वटा ऐन र केही नियमावली मात्रै ल्याउन सकेको छ ।