आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली

आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली

हाल देशको पूर्वी भू–भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।  तराईका भू–भागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो  प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू–भागमा मौसम सफा रहनेछ।

आज राति देशका पहाडी भू–भागमा  आंशिक बदली रही देशका बाँकि भू–भागमा मौसम सफा रहनेछ।