कैलाली । दक्षिण अफ्रिकाको इस्ट लन्डनमा नेपाली डाक्टरको निधन भएको छ ।
अफ्रिकाको इस्ट लन्डनमा कार्यरत ७० बर्षका नेपाली चिकित्सक डा. नारद पाण्डेको गएराती कोरोना संक्रमणका कारण मृत्य भएको हो ।
अफ्रिकामा कोरोना बाट मृत्य हुने उनी चौथो नेपाली हुन । उनको आजै दाहसंस्कार सम्पन्न भएको छ । उनको मृत्युमा एनआरएनएका पुर्व कोषाध्यक्ष हिक्मत थापाले दुख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन ।