नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना पुष्टि, ५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना पुष्टि, ५ को मृत्यु

पछिल्लो २४ घण्टामा बिहीबार थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६६ हजार ८१६ संक्रमितको संख्या पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ३०१ छ ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ५ हजार १२५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४८ जना रहेको छ ।