सुदुरपश्चिम खप्तड गोल्डकप को आज दोस्रो दिन नेपाल पुलिस क्लब र मोरङ ११ भिड्ने

सुदुरपश्चिम खप्तड गोल्डकप को आज दोस्रो दिन नेपाल पुलिस क्लब र मोरङ ११ भिड्ने

धनगढी : सुदुरपश्चिमको धनगढीमा जारी तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप को आज दोस्रो दिन नेपाल पुलिस क्लब र मोरङ ११ बिच खेल दिउँसो साढे २ बजे धनगढी रंगशालामा हुने भएको छ ।

हिजो भएको उद्घाटन खेलमा मेची नेत्रालय काकडभिट्टाले आयोजक सुदूरपश्चिम ११ लाई टाइब्रेकरमा ६ बिरुद्ध ७ गोलले पराजित गरेको हो । निर्धारित ९० मिनेट मिनेटको समयमा दुबै टिमले गोलरहित बराबरी खेलेपछि थपिएको १५ मिनेटमा पनि दुबै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको हो । 

मोफसलकै सर्वा्धिक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५ १५ हजार रुपैयाँ पाउने छन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते सञ्चालन हुने आयोजकले जनाएको छ ।