जनवरीको पहिलो सोमबार किन मनाइन्छ डिभोर्स डे

जनवरीको पहिलो सोमबार किन मनाइन्छ डिभोर्स डे

विश्वमा हरेक अंग्रेजी नयाँ वर्षको पहिलो सोमबारलाइ डिभोर्स दिवसको रुपमा मनाइन्छ । आखिर किन जनवरीको पहिलो सोमबारलाई डिभोर्स दिवस मनाउन थालिएको हो, यसको कारण थाहा छ ?

तथ्यांक अनुसार विश्वमा पछिल्लो समय यस्ता मानिसको संख्या बढिरहेको छ जसले आफ्नो वैवाहिक सम्बन्ध अन्त्य गर्ने सबैभन्दा उत्तम तरिकाको खोजी गरिरहेका छन् ।


आखिर मानिसहरुलाई नयाँ वर्षको सुरुवात हुँदाखेरी के त्यस्तो हुन्छ, जसका कारण उनीहरु डिभोर्स गर्ने वा अलग बस्ने बारेमा सोच्दछन् ?

बेलायतको एक रिलेशनसीप सपोर्ट च्यारिटी संस्था रिलेटको दाबी अनुसार ५५ प्रतिशत बेलायती युवाहरुले क्रिसमस वा नयाँ वर्षको सुरुवातको बेला वैवाहिक सम्बन्धमा थकान वा तनाव आउने बताएका छन् ।

रिलेट संस्थाका एक अधिकारीका अनुसार क्रिसमसका अनुसार डिभोर्स वा विच्छेदको घटना बढिरहेको भनेर कसैले पनि भनेको छैन तर तथ्यांकले यस्तो देखाउँदछ कि क्रिसमस तथा नयाँ वर्षको उत्सवका बीच परिवारको दायित्व तथा वित्तिय संकटले समस्याग्रस्त सम्बन्धलाई ब्रेकिंग प्वाइन्टसम्म पुग्दछन् ।

सोही कारण हरेक वर्ष क्रिसमस तथा नयाँ वर्षको रमझम सकिएसँगै यस्तो परिवारको संख्या बढ्दछ जसमा मानिसहरु एकदोश्रोबाट अलग हुनका लागि यस्ता खाले संस्थाको सम्पर्कमा पुग्दछन् ।

बेलायतको अदालतमा क्रिसमसदेखि नयाँ वर्षको पहिलो दिनसम्ममा डिभोर्सका ४ सय ५५ अनलाइन आवेदन भएका छन् । जसमा क्रिसमसको दिनका १३ वटा आवेदन छन् ।

डिभोर्स सपोर्ट सर्भिस एमिकेबलका अनुसार बेलायतमा यो जनवरी महिनामा अहिलेसम्म ४० हजार ५ सय मानिसहरुले आफ्नो कप्युटरमा इन्टरनेट सर्च इन्जिनमा डिभोर्स सर्च गरेका छन् ।

तथ्यांक अनुसार गृष्मयामको छुट्टी पश्चात् पनि डिभोर्स सम्बन्धी जानकारीहरु जुटाउने मानिसहरुको संख्या बढ्दछ ।

नयाँ वर्षको पहिलो कामकाजी सोमबार डिभोर्सको संख्या बढ्नुलाई मानिसहरुले भविष्यसँग जोडेका हुन्छन् । वास्तवमा नयाँ वर्षको सुरुवातलाई नयाँ भविष्यको सुरुवातको रुपमा लिन्छन् मान्छेहरु । त्यसैले तनावपूर्ण सम्बन्धलाई अन्त्य गरी नयाँ जिवन सुरु गर्ने चाहना हुन्छ कतिपय दम्पत्तिहरुमा । आगामी १२ महिनालाई पनि गत वर्षझैँ तितो रुपमा बिताउनु भन्दा डिभोर्स गर्नुनै श्रेयस्कर हुने ठानी मानिसहरुले यस्तो निर्णय लिन्छन् सुरुवातमै । त्यसैले जनवरीको पहिलो सोमबार डिभोर्सको उत्सवको रुपमा मनाइन्छ ।