कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँछौँ : प्रधानमन्त्री ओली

कोरोना भाइरसविरुद्धको भ्याक्सिन छिट्टै ल्याउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले  छिटै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउने सरकारले तयारी गरिरहेको बताएका छन् ।

राष्ट्रियसभामा सम्बोधनका क्रममा उनले नेपालमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन ल्याउने सरकारले तयारी तीव्र बनाएको बताएका हुन ।

‘हामी कोरोनाको भ्याक्सिन ल्याउने तयारीमा छौँ। छिटै भ्याक्सिन ल्याउँछौं ।’ राष्ट्रियसभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।

उनले जनताको जीवन सुरक्षा गर्ने यो सरकारको पहिलो कर्तव्य भएको पनि बताए ।

आफू नेतृत्वको सरकारले जनमुखी काम गरेको प्रधानमन्त्रीको ओलीले दाबी गरे ।