प्रदेश ७ का राष्ट्रियसभा सांसद : कसको कार्यकाल कति वर्ष ?

प्रदेश ७ का राष्ट्रियसभा सांसद : कसको कार्यकाल कति वर्ष ?

काठमाण्डौ – राष्ट्रियसभा सदस्यको कार्यकाल निर्धारणका लागि सोमबार गोलाप्रथा भएको छ । संसद भवनमा सबै ५९ जनाको गोलप्रथा सकिएको छ ।

संविधानको धारा ८६ को ३ ले गरेको व्यवस्था अनुसार विभिन्न क्ल्स्टरबाट राष्ट्रियसभामा निर्वा्चित ५९ जना सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गर्न संसद सचिवालयले सोमबार सदस्यहरुलाई बोलाएको थियो ।

प्रदेश ७ का सासदको कार्यकाल कति ?

खुला तर्फ :

सुरेन्द्र पाण्डेको २ वर्ष
शेरबहादुर कुँवरको ४ वर्ष
हरेराम चौधरीको ६ वर्ष

महिला तर्फ :

कमलाकुमारी ओलीको २ वर्ष
तारादेवी भट्ट ४ वर्ष
इन्दु कडरिया ६ वर्ष

दलित तर्फ :

चक्र स्नेही ४ बर्ष 

अपांग/अल्पसंख्यक :

रमेश कुमार महरको ६ वर्ष