कैलाली-कञ्चनपुरका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली-कञ्चनपुरका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीमा गरिएको परिक्षण थप ३१ जनामा कोरोना पुष्टि भएको छ । सेती अस्पताल प्रयोगशाला पछिल्लो २४ मा परीक्षण गरिएका १८० नमुनाहरुमध्ये थप ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका १३ र कञ्चनपुरका १८ जनामा कोरोना देखिएको हो ।

उनले कैलालीका धनगढी उपमहानगरपालिकाका १० जना, गोदावरी नगरपालिकाका ३ जना, कञ्चनपुरको भिमदत्तनगरका १० जना, बेलडाँडीका ३ जना, बेदकोटका २ जना, शुक्लाफाटा, पुर्नवास र दोधाराचाँदीका १र१ जना गरी ३१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।