धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत ७० बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उप–महानगरपालिकाको वडा नम्बर ४ का ७० वर्षीय वृद्धको बुधबार मृत्यु भएको हो।
उप–महानगरपालिका – ४ का ७० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार निमोनिया पीडित पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा बुधबार साझ मृत्यु भएको हो ।