लुटेरा पक्राउ परेपनि पैसा फेला परेन, प्रहरीलाई नै ढाटदै लुटेरा !

लुटेरा पक्राउ परेपनि पैसा फेला परेन, प्रहरीलाई नै ढाटदै लुटेरा !

फायल फोटो : पक्राउ परेकालाई सार्वजनिक गर्दै प्रहरी ।  

धनगढी : दिनदहाडै गोली प्रहार गरि साढे ९ लाख रकम लुटने लुटेरालाई प्रहरीले पक्राउ गरेपनि अझै ४ लाख भन्दा बढी रुपैया फेला परेको छैन । 

जेठ १३ गते सिद्धार्थ बैकबाट झिकेर आउने क्रममा चौराहामा रहेको केन्ट टेर्डस एण्ड सप्लायर्स (आईएमई) का कर्मचारी निर्मल काकीमाथि गोली प्रहार गरि ९ लाख ५० हजार रुपैया लुटिएको थियो । 

त्यसको एकहप्तापछि प्रहरीले गोली प्रहार गरि रकम लुटने पाच जना र उनीहरुबाट बरामद भएको ५ लाख ४८ हजार ६ सय रुपैया सार्वजनिक गरेको थियो । 

मुख्य योजनाकार भनिएका कैलालीको धनगढी उपमहानगरपालिका, ६ का राजकुमार चौधरी सहित कञ्चनपुरको बेलौरी नगरपालिका, ६ रिचाहका उग्रसेन राना, सोही ठाउका कल्लु राना, कैलालीको धनगढी उपमहानगरपालिका, १३ का प्रवेश राना र वडा नम्बर ६ का विरु चौधरीलाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको थियो ।

उनीहरुलाई अनुसन्धनका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । 
उनीहरुले गोली प्रहार गरि लुटेको ९ लाख ५० हजारमध्ये ५ लाख ४८ हजार ६ सय रुपैया मात्रै फेला पारेको छ । अझै ४ लाख १ हजार १ सय रुपैया फेला परेको छैन । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक हरी ओलीले ४ लाख भन्दा बढी रकम अझै फेला पार्न नसकिएको बताए । 

पक्राउ परेकाहरुले लुटेको केही रकम खर्च भईसकेको बताउने गरेका छन भने केही रकम आफन्तलाई दिएको बताउदै आएका छन ।

यस्तै, केही रकम राखिएको स्थान भनेपनि प्रहरीले त्यहा पुग्दा रकम भेटाउन सकेको छैन ।

‘पक्राउ परेका ५ जनालाई फेला नपरेको रकमबारे सोधपुछ गरिरहेका छौ । फेला भने पार्न सकेका छौनौ ।’ ओलीले भने, ‘पक्राउ परेकाले भनेको आफन्त र स्थानमा जादा पैसा भेटिएको छैन । खोजी गरिरहेका छौ ।’
उनले फेला पार्न नसकेको रकमको खोजीमा निरन्तर लागि परेको बताए ।

गोली प्रहार गरि रकम लुटेको आरोपमा पक्राउ परेका विरुद्ध प्रहरीले हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग र जबरजस्ती चोरी अन्तर्गत मुद्धा दायर गरि अनुसन्धान गरिरहेको छ । 

हातहतियार खरखजना ऐन २०१९ को २ (ग) को हतियार दफा २०(२) बमोजिम ६ महिना देखी कैद १ बर्ष सम्म कैद वा ६० हजार देखी १ लाख सम्म जरिवाना हनुसक्ने व्यवस्था छ भने मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर बमोजिम कसुरमा ५ बर्ष देखी १२ बर्ष सम्म कैदको व्यवस्था छ ।

त्यस्तै, मुलुकी ऐन चोरीको महलको १ र ५ नम्बर बमोजिमको कसुरमा सोही ऐनको १४(३) बमोजिम तिन महिना सम्म कैद, जरिवाना वापत कैद, बिगो बमोजिम जरिवना हुनसक्ने उल्लेख गरिएको छ । 

पक्राउ परेका केही जना विरुद्ध हातहतियार तथा खरखजना, ज्यान मार्ने उद्योग र जबरजस्ती चोरी अन्तर्गत मुद्धा दायर गरिएको छ । तिनै मुद्धामा दोषि देखिए (पटके कायम भएमा) दोब्बर सजाय हुनसक्ने प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव ओलीले प्रसा फेला नपरे पक्राउ परेकालाई सजाय तोक्दा जरिवाना बढी तोकिने सक्ने बताए । 

‘गोली प्रहार गरि रकम लुटेने उनीहरु नै हुन । उनीहरुले नै पैसा खर्च गरे, आफन्तलाई दिए ।’ उनले भने ‘पैसा भेटिएन भने अदालतमा सजाय तोक्नका लागि अदालतमा पेश गर्दा फेला नपरेको रकम पनि जरिवानाका लागि माग गर्छौ ।’