धनगढी । कैलाली बहुमुखी क्याम्पसमा कार्यरत कर्मचारीमा कोरोना देखिएपछी पठनपाठन बन्द गरिएको छ। क्याम्पसले एक सुचना जारी गर्दै भौतिक रुपमा सञ्चालन हुदैं आएका कक्षाहरु पुष २१ देखि २५ गते सम्मका लागि बन्द गरिएको क्याम्पसले जनाएको छ।
यस्तै क्याम्पसले सूचना जारी गर्दै स्नातक तह र स्नातकोत्तर तहका आन्तरिक र बाह्य परिक्षा पूर्व निर्धारित समय र तालिकामै हुने जनाएको छ।