रोकिराखेको ट्रिपरसँग ठोक्किएर स्कुटर चालक गम्भीर घाइते

रोकिराखेको ट्रिपरसँग ठोक्किएर स्कुटर चालक गम्भीर घाइते

रोकिराखेको ट्रिपरमा ठोक्किएर बौद्धमा एक जना स्कुटर चालक गम्भीर घाइते भएका छन्। 

बा २ प ६२ नम्बरको ट्रिपरमा बौद्ध टुसालका फूर्वा शेर्पाको बा ९२ प १६६४ स्कुटर ठोक्किएको हो।

'आफन्तको घरमा सामान छाड्न ट्रिपर रोकिएको रहेछ', बौद्ध वृतका ट्राफिक प्रहरी निरीक्षक नविनकुमार अधिकारीले भने, 'पछाडीबाट आएर स्कुटर ठोक्किएछ।' 

दुर्घटना भएको स्थानमा सडक बत्ति छैन। प्रहरीले ट्रिपर चालक राकेश तामाङलाई नियन्त्रणमा लिएको छ। घाइते चालक शेर्पालाई वीर अस्पतालको ट्रमा सेन्टरमा रिफर गरिएको छ।

'ट्रिपरको बडी र स्कुटर चालकको टाउको लेभलमा हुन्छ। यस्तो बेला दुर्घटना हुँदा टाउको गम्भीर चोट लाग्छ', अधिकारीले भने, 'चालकको टाउको गम्भीर चोट छ।'