कामना सेवा विकास बैंकको शाखा अब धनगढीमा पनि

कामना सेवा विकास बैंकको शाखा अब धनगढीमा पनि

धनगढी  । प्रदेश नम्बर ७ को अस्थायी राजधानी तथा मुख्य व्यापारिक हव धनगढीमा बैकिङ्ग कारोवार गर्ने संस्थाहरु भित्रिनेक्रम जारी रहेको छ । यसै विच कामना सेवा विकास बैंकले धनगढी, रातोपुलमा शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ ।

 बैकले सोमबार (आज) एक समारोहका विच शाखा उद्घाटन गरेको छ । आधुनिक बैकिङ्ग सुविधा, सहितको कार्यालय र पूर्वाधारले ग्राहकका आवश्यकता सरल र सहज ढङ्गले पुरा हुने विश्वास बैंकले लिएको छ ।

विशेषगरी पोखरा, बुटवल र नारायणगढ क्षेत्रमा आफ्नो ब्यवशायिक पकड कायम राख्दै आएको राष्ट्रिय स्तरको बैंकले धनगढीमा पहिलो पटक शाखा खोलेको हो । मुख्य शाखा समेत ४२ भन्दा बढी शाखा मार्फत सेवा प्रदान गरीरहेको बैंकले निकट भविष्यमै विभिन्न  स्थानमा शाखा कार्यालय स्थापनाको आवश्यक तयारी समेत अन्तिम अवस्थामा रहेको धनगढी खबरलाई जनाएको छ ।

३ अर्व रुपैयाँ अधिकृत पूंजी र २ अर्व ६ करोड रुपैयाँ चुक्ता पूंजी रहेको बैंकको निक्षेप १३ अर्व ८७ करोड ४२ लाख रुपैयाँ छ भने कर्जा लगानी १२ अर्व ३९ करोड ११ लाख रुपैयाँ छ । सो अवधिमा बैंकले २१ करोड ३७ लाख रुपैया संचालन मूनाफा आर्जन गरेको छ ।

हकप्रद सेयर जारी भएपछि बैंकको चूक्तापूंजी २ अर्व ३७ करोड रुपैयाँको हाराहारीमा पुग्ने छ । गत वर्षको मुनाफाबाट वोनश शेयर वितरण पश्चात बैंकको चूक्तापूजी नेपाल राष्ट्र बैंकले तोके बमोजिम २ अर्व ५० करोड भन्दा बढी हुने बैक व्यवस्थापने जनाएको छ । 

कारोबार शुभारम्भको उपलक्ष्यमा बैंकले शुभारम्भ बचत खातामा ९ प्रतिशत र १ सय ८० दिने मुद्दतिमा १३ प्रतिशत बार्षिक ब्याज प्रदान गर्ने जनाएको छ । कारोबार शुभारम्भको उपलक्ष्यमा स्थानिय व्यापारी, उद्यमी तथा सरोकारवालाको  उत्साहजनक सहभागिता रहेको थियो ।