सुदुरपश्चिम खप्तड गोल्डकप आजदेखी

सुदुरपश्चिम खप्तड गोल्डकप आजदेखी

धनगढी : सुदुरपश्चिमको धनगढीमा आजदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ ।

हिजो आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ ।

कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक टोली सुदूरपश्चिम ११ र मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर भिड्ने भएका छन । उद्घाटन खेल २ः३० बजेसुरु हुने आयोजकले जानकारी दिएको छ।

त्यसअघि मध्यान्ह १२ बजे चौराहाबाट झाँकीसहितको र्याली प्रतियोगिता स्थलसम्म पुगेर उद्घाटन समारोह सुरु हुने कार्यक्रम रहेको छ । मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५ १५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते सञ्चालन हुनेछ ।