कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार यो साता युकेमा १ जना र  पोर्चुगलमा २ जनाको मृत्यु भएको छ ।  र योसंगै विदेशमा कोरोना भाइरसबाट मृत्यु  हुनेको कुल नेपालीको संख्या ३ सय १५ पुगेको  छ ।  

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । 

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने  २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।