शनिवार थप ४ सय १९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

शनिवार थप ४ सय १९ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

शनिवार थप ४ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शनिवार ७ सय ५० जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यस दिन ६ जना संक्रमितको मृत्यु भएको छ । 

यससँगै हालसम्म मुलुकभर कुल १ हजार ८ सय ७० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांकअनुसार, हालसम्म कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ भने कुल २ लाख ५३ हजार ८ सय ५७ जना भाइरस मुक्त भएका छन् । 

यस्तै शनिवारसम्म सक्रिय संक्रमित ५ हजार ७ सय ११ जना रहेका छन् ।