सुदूरपश्चिममा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९८ नमुनाको परीक्षण गर्दा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटीभ देखीएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकाका ९ जना, कैलालीको धनगढी उप–महानगरपालिकाका ३ जना र बैतडीको पञ्चेश्वर गाउँपालिकाका १ जनामा संक्रमण पोजेटीभ देखीएको हो ।