विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ४३ लाख नाघ्दा ५ करोड ९६ लाख ले जिते १८ लाख ३४ हजारले ज्यान गुमाए

विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ४३ लाख नाघ्दा ५ करोड ९६ लाख ले जिते १८ लाख ३४ हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । यो समाचार तयार पार्दासम्म संसारभरका ५ करोड ९६ लाखभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्स को पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ९६ लाख २५ हजार ६४१ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १८ लाख ३४ हजार ५१९ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ८ करोड ४३ लाख ५६ हजार ९९९ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म ३ लाख ५६ हजार ४४५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २ करोड ६ लाख १७ हजार ३४६ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६६ हजार ४४ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २ हजार १२९ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ४९ हजार २०५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १८७ जनाले ज्यान गुमाएका छन् । भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ८० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ करोड ३ लाख ३ हजार ४०९ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ७७ लाख ५७८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४६५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ९५ हजार ४४१ पुगेको छ ।