नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४२६ जना कोरोना संक्रमित थपिए, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ६ हजार ४८ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार २ सय २५ पिसिआर परीक्षण गर्दा ४ सय २६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ। 

शुक्रबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ। हाल ३ सय ६७ जना क्वारेन्टाइनमा छन्। 

गत २४ घण्टामा ७ सय ४८ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५३ हजार १ सय ७ पुगेको मन्त्रालयले जनाएको छ।