कैलालीका १७ सहित सुदूरपश्चिममा थप ३० जनामा कोरोना पुष्टि

कैलालीका १७ सहित सुदूरपश्चिममा थप ३० जनामा कोरोना पुष्टि

धनगढी । धनगढीमा शुक्रबार गरिएको परिक्षणमा थप ३० जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका २०२ नमुनाहरुमध्ये ३० जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका १७ सहित सुदूरपश्चिमका थप ३० जनामा कोरोना देखिएको हो ।

उनले कैलालीको धनगढी उपमहानगरपालिकाका १३ जना, गोदावरी नगरपालिकाका तीनजना, घोडाघोडी नगरपालिकाका एकजना, दार्चुलाका दुईजना र बझाङका एकजनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिकाका ५ जना, शुक्लाफाटा नगरपालिकाका ३ जना, डडेल्धुराका एकजना र बैतडीका एकजना गरी ३० जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।