बेलायतमा फेला परेको नयाँ प्रजातिको कोरोना भाइरस पहिलो पटक चीनमा पनि फेला परेको हो । चीनको सांघाइ निवासी २३ वर्षीय युवतीमा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको हो।
ती युवतीमा बेलायतमा भेटिएको नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण रहेको पुष्टि गत बुधबार भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
सिन्ह्वाका अनुसार ती युवती डिसेम्बर १४ मा बेलायतबाट सांघाइ आएकी थिइन् । चीनमा बिहीबार थप १९ जना संक्रमित फेला परेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । जसमा १० जना बाहिर मुलुकबाट आएका छन् भने ९ जना चीनमै रहेका व्यक्ति छन् ।