धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी मुकेश सिंहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
गत सोमबार उनलाई कोरोना संक्रमण भएको र त्यसको साथसाथै उनलाई निमोनियाको संक्रमण देखिएपछि काठमाडौंस्थित प्रहरी अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेको एसएसपी सिंहले बताए।
निमोनियाको संक्रमण देखिएपछि आफु अस्पतालको भेन्टिलेटरमा उपचाररत रहेको एसएसपी सिंहले जानकारी दिए । अहिले उनको स्वास्थ्यमा सुधार आएको छ ।