कैलालीका २८ सहित सुदूरपश्चिममा ४८ जना कोरोना संक्रमित थपिए

कैलालीका २८ सहित सुदूरपश्चिममा ४८ जना कोरोना संक्रमित थपिए

धनगढी । धनगढीमा बिहिबार गरिएको परिक्षण थप ४८ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २४६ नमूना परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको हो । 

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीका २८ सहित सुदूरपश्चिमका थप ४८ जनामा कोरोना देखिएको हो । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका १६ जना, गोदावरी नगरपालिकाका १० जना, गौरीगंगा नगरपालिकामा २ जनामा संक्रमण  पुष्टि भएको हो । 

यस्तै, कञ्चनपुरको बेदकोट र दोधरा चाँदनी नगरपालिकाका तीनरतीन जना, भिमदत्तका ४ जना, बेलडाडीका एक जना, बाजुराका ८ जना र डडेल्धुराका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।