सुर्नया गाउँपालिकाका अध्यक्ष बिष्टलाई कोरोना संक्रमण

सुर्नया गाउँपालिकाका अध्यक्ष बिष्टलाई कोरोना संक्रमण

बैतडी : बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टलाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका इन्जिनियरमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गरिएको थियो । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो । अध्यक्ष बिष्टको स्वास्थ्य अवस्था भने समान्य छ । आफू अहिले घरमै आइसोलेसनमा बसिरहेका अध्यक्ष बिष्टले जानकारी दिए। 

छिट्टै कोरोना जितेर काम फर्किने अध्यक्ष बिष्टले बताए। उनले भने, ुछिट्टै कोरोना जितेर काममा फर्किनेछु । आफूमा कोरोना पुष्टि भएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गर्न पनि अध्यक्ष बिष्टले आग्रह गरेका छन् । अहिले आफूले घरायसी जडीबुटी र तातोपानीको प्रयोग गरिरहेको उनले बताए।

गाउँपालिकाले पौष १४ गते एक सूचना जारी गर्दै पौष २१ गते सम्मका लागि सेवा बन्द गरेको छ।