सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा १० शैयाको आईसीयू थपिने

सेती प्रादेशिक कोरोना अस्थायी अस्पतालमा १० शैयाको आईसीयू थपिने

धनगढी । सेती प्रादेशिक अस्पताल मातहतमा रहेको धनगढीको कोरोना अस्थायी अस्पतालमा १० शैयाको आईसीयू कक्ष थपिने भएको छ।

सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले १० शैयाको आईसीयू सेवा विस्तार भएपछि कोरोनाका गम्भीर संक्रमितको उपचारमा सहजता हुने विश्वास व्यक्त गर्नुभएको छ । 

अहिले कोभिड अस्थायी अस्पतालमा ५ वटा भेन्टिलेटरसहित १० शैयाको आईसीयू सेवा सञ्चालमा रहेको छ।