सोमवारदेखि बजेटबारे छलफल सुरु हुदै, कसरी प्रस्तुत होला प्रतिपक्ष ?

सोमवारदेखि बजेटबारे छलफल सुरु हुदै, कसरी प्रस्तुत होला प्रतिपक्ष ?

प्रदेश ७ को सरकारले ल्याएको  आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटबारे सोमवारदेखि छलफल सुरु हुदैछ । 

सोमवार विहान ८ बजे बस्ने प्रदेश सभा बैठकमा बजेटबारे छलफल हुने प्रदेश सभा सचिवालयले जनाएको छ । 

बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले सरकारको तर्फबाट बजेटको छलफलका लागि प्रस्ताव पेश गर्ने छन ।

त्यसपछि बजेटबारे औपचारिक रुपमा छलफल सुरु हुने प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताए ।

‘सोमबार विहान ८ बजे बस्ने बैठकमा बजेटबारे छलफल गर्ने कार्यसुची छ ।’ उनले भने ‘पहिलो दिन करिव एक दर्जन सासदले बजेटबारे धारणा राख्नेछन ।’

ससद सचिवालयका अनुसार बजेटबारे छलफलमा भाग लिनका लागि तिन दर्जन भन्दा बढी सासदले नाम टिपाएका छन ।

तिन दर्जन सासदले बजेटबारे धारणा राख्नका लागि करिव ३ दिन लाग्ने छ । त्यसपछि बजेटमा उठेका प्रश्नको जवाफ दिनका लागि सभामुखले अर्थमन्त्री झपट बोहरालाई समय दिनेछन । 

गत शुक्रवार आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले आगामी आर्थिक वर्षका लागि २५ अर्व ६ करोड ५६ लाख १४ हजारको बजेट प्रदेश सभा बैठकमा पेश गरेका थिए ।

कडा रुपमा ससदमा प्रस्तुत हुने तयारीमा पंतिपक्षी

बजेटको छलफलका क्रममा ससदमा कसरी प्रस्तुत हुने भन्नेबारे आज प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसको ससदीय दलको बैठकमा गम्भीर छलफल भएको छ । 

काग्रेसले बजेट जनताको अपेक्षा अनुसार नआएकोले जनताका माग र आवश्यकता पुरा गर्न नसक्ने निष्कर्श निकालेको छ ।

पुजीगत अर्थात विकाशे बजेट भन्दा चालु खर्चका लागि बजेट बजेट छुट्याईएको, प्रदेशको विकाशका लागि ठोस योजना नल्याईएको, युवा वेरोजगार रोक्नका लागि बजेटमा योजना नसमेटिएको, औद्योगिका विकाशका लागि बजेटले खास्सै समेटन नसकेको काग्रेसको आरोप छ । 

त्यस्तै, आवश्यक परामर्श विनै बजेट ल्याईएकोले कार्यान्वयमा चुनौती रहेको काग्रेसले जनाएको छ । 

चालु आर्थिक वर्ष २०७४÷७५ को बजेटमा सशोधन प्रस्ताव दर्ता गराएको प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेस आगामी आर्थिक वर्षको बजेटको छलफलका क्रममा ससदमा कसरी प्रस्तुत हुन्छ त ? जवाफमा काग्रेसका ससदीय दलका नेता डा.रण बहादुर रावलले भने, ‘बजेट कनिका छरेजस्तो छ । जनताको अपेक्षा अनुसार आएन । केही राम्रा कुरा छन तिनको स्वागत गर्छौ । नराम्रो कुराको अडा आलोचना गर्छौ ।’