धनगढी । कवि प्रेम बहादुर सिंहद्धारा लिखीत “कोरोनाको कथा लकडाउनको व्यथा” नामक गितीकाव्य पुस्तक बिमोचन गरिएको छ । आज सुदुरपश्चिमाञ्चल साहित्य समाजको सभाहलमा पुस्तकको बिमोचन समाजका अध्यक्ष रामलाल जोशीले गरेका हुन ।
कवि प्रेम बहादुर सिंहद्धारा लिखीत गितीकाव्य पुस्तकमा कोरोना माहामारीको सुरुवात देखी हालसम्म मानिसहरुले भोग्नुपरेको समस्या, क्षती र कोरोना सँक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने सन्देश गिती रचना मार्फत लेखेका छन् । उनले बिश्व माहामारी कोरोना सँक्रमण २ सय १३ राष्ट्रमा फैलिएको बताउँदै यो गिती काव्यमा १२ ओटा बिषयबस्तु तथा क्षेत्र समेटेर गितीकाव्य पुस्तक प्रकासन गरेको बताए ।
१२ ओटा बिषयबस्तु तथा अध्यायमा कोरोना काण्ड, कोरोना लकडाउन काण्ड, लकडाउन कोरोना क्वारेन्टीन काण्ड, शिक्षा काण्ड, स्वास्थ्य काण्ड, आर्थिक तथा भ्रष्टाचार काण्ड, राजनितीक तथा सामाजिक काण्ड, प्राकृतिक प्रकोप तथा भोकमरी काण्ड, ब्यवसाय तथा रोजगार काण्ड, धार्मिक साँस्कृतीक भुमी काण्ड र बचाउ तथा होसीयार काण्ड गरी सबै बिषय बस्तु अध्यायमा समेटेको उनले बताए ।
बझाङगको दुर्गाथली गाउँपालीकामा जन्मीनु भएका कविको पहिलो यो कृती हो । यस्ले इतिहास रहने उनले बताउदै कोरोनाबाट सबैले बच्न समेत सन्देश उनले दिए । आगामी दिनमा पनी साहित्य क्षेत्रमा लाग्ने उनको भनाई छ । गितीकाव्य पुस्तक बिमोचन कार्यक्रममा बिभिन्न ब्यक्तिहरुको सहभागिता रहेको थियो ।