कैलालीका ३९ सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

कैलालीका ३९ सहित सुदूरपश्चिममा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । धनगढीमा बुधबार गरिएको परिक्षणमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण गरिएका १८४ नमुनाहरुमध्ये थप ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कैलालीका ३९ सहित सुदूरपश्चिमका थप ४७ जनामा कोरोना देखिएको हो । उनले कैलालीको धनगढी उप–महानगरपालिकाका ३४ जना, लम्किचुहा नगरपालिकाका ४ जना र गौरीगंगा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ४ जना, कृष्णपुर नगरपालिकाका एकजना, पुनर्वास नगरपालिका एकजना, शुक्लाफाँटा नगरपालिकाका एकजना र डोटीका एक जनामा कोरोना पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।