कैलालीका २२ सहित सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पोजेटीभ

कैलालीका २२ सहित सुदूरपश्चिममा थप ३९ जनामा कोरोना पोजेटीभ

 सुदूरपश्चिमका थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पताल प्रयोगशालामा आज२ सय १० नमूना परीक्षण गर्दा कैलालीका २२ सहित सुदूरपश्चिमका थप ३९ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उप–महानगरपालिकाका १७ जनामा संक्रमण पोजेटीभ देखिएको बताए ।

 श्रेष्ठका अनुसार कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका २र२ जना, ठेगाना नखुलेका १ जनामा समेत संक्रमण पुष्टि भएको छ। 

उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका १२ जना, कृष्णपुर नगरपालिकाका २ जना, कञ्चनपुरकै ठेगाना नखुलेका २ जना र बर्दियाका १ जनामा पनि संक्रमण पुष्टि भएको हो ।