कैलाली बहुमुखी क्याम्पसलाई लगातार दोस्रो पटक क्यू.ए.ए को प्रमाणपत्र

कैलाली बहुमुखी क्याम्पसलाई लगातार दोस्रो पटक क्यू.ए.ए को प्रमाणपत्र

धनगढी : कैलाली बहुमुखी क्याम्पसले दोस्रो पटक विश्व विद्यालय अनुदान आयोगबाट गुणस्तर, सुनिश्चितता र प्रत्यायन (क्यू.ए.ए) को प्रमाणपत्र प्राप्त गरेको छ । 

यसअघि क्याम्पसले २०६९ सालमा पनि क्यू.ए.ए प्रमाणपत्र प्राप्त गरेको थियो । उक्त प्रमाणपत्र आज एक कार्यक्रममकाविच काठमाण्डौमा क्याम्पस प्रमुख पदमराज जोशीलाई प्रदान गरिएको छ । 

देश विदेशका विज्ञ सम्मलित टोलीको अनुसन्धानपछि विश्व विद्यालय अनुदान आयोगले कैलाली बहुमुखी क्याम्पसलाई क्यू.ए.ए प्रदान गर्ने निर्णय गरेको हो । 

यसअघि बैशाख २३ देखि २७ गतेसम्म उक्त टोलीले कैलाली बहुमुखी क्याम्पसमा आएर विद्यालयको भौतिक तथा शैक्षिक अवस्थाबारे शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चालक समिति, राजनीतिक दल, सघसस्था लगायत सरोकारवालासग छलफल गरेको थियो । 

त्यसका लागि उक्त टोलीले एक सय २० प्रश्न बनाएको थियो भने सरोकारवालालाई सोधिएको थियो । 

प्रश्नको जवाफ सन्तोषजनक पाईएपछि विश्व विद्यालय अनुदान आयोगले कैलाली बहुमुखी क्याम्पसलाई गुणस्तर, सुनिश्चितता र प्रत्यायन (क्यू.ए.ए) को प्रमाणपत्र प्रदान गरेको क्याम्पस प्रमुख जोशीले बताए । 

क्याम्पसले (क्यू.ए.ए) को प्रमाणपत्र पाएको क्याम्पस प्रमुख जोशीले खुसि व्यक्त गरे ।

‘यो क्याम्पसका लागि मात्रै हैन, समग्र प्रदेश नम्बर ७ का लागि समेत खुसिको कुरा हो ।’ जोशीले भने, ‘प्रदेश ७ मा विश्वसनीय उच्च शिक्षा विश्वसनीय भएको छ ।’