जन्मदीनमा आमालाई सम्झीदा....

धनगढी खबर    

जन्मदीनमा आमालाई सम्झीदा....

पुजनीयआमा,
दण्डवत ढोग छ ।
आराम छु । आराम चाहान्छु ।
हजुर पनि आरामै हुनुहुन्छ भन्ने आशा गरेको छु ।
हजुरलाई ढीलो गरि सम्झे आमा । नरिसाउनु होला । के गर्नु र आमा मेरो पनि परिस्थिती एस्तै छ । धेरै टाढा नभए पनि पढाईको कारणले अहिले अलि ब्यस्त नै छु । आज हजु्रको धेरै यादआयो आमा । हजु्रको यादमा मन भाबुक भयो । सम्झनाले मन उम्लि रहेयो । मनलाई थाम्न खोजे । थाम्न सकेन । अनि केहि नलागे पछि मुटु भरीको माया, मन भरीका सम्झना, बर्षो देखिका यादहरुलाई पोख्न कलम र डायरीलाई समाते । त्यो माया, ति सम्झनाहरु, तियादहरुलाई कालो मसीले, सेतो पानामा रङग्याउदै गयो । कलम पनि एकोहोरो चलि रहेयो । रोकिएन । 

मलाई त थहा थिएन आमा आज किन यति माया लाग्यो, यति धेरै किन सम्झनाआयो, याद किन आयो । जब कालो मसीले सेतो पानामा शब्दहरु उतार्दै गयो अनि बल्ल थहाभयो । आज मेरो जन्मदिन पो रहेछ । हो आमा आज कै दिनहो मैले यस धर्तिमा पाईला टेकेको । यहिदिन, यहिबार, यहिमहिना । दशमहिनाकोखमा राखि, साह्ै दुखअनि कष्ट, हजुरको चिच्याट अनि मेरो चिच्याचिच्या संगै आजकै दिन मैले यस सुन्दर संसारलाई देख्न पाएको । सायद त्यहिभएर होला माया पनि यति धेरै लागेर आएको । माया पनि किन नलाग्नु र ।

दशमहिनामा कोखमा बसे, तिनबर्ष छातिको दुधखाए । मेरो लागित यो पृथ्वी भन्दा पनि हजुरको कोख ठुलो छ । कति विशाल, कति स्वच्छ, कति सुन्दर, अनि कतिप्रिय छ । जति त्यो कोखमा आउछ त्यति त स्वर्गमापनि आउदै न होला आमा । हजुरको आशीर्वाद मेरो लागि कति महान छ आमा । जति हजुरको आशीर्वादले मलाई उचाईमा पुर्याउछ आमा त्यति असर त बर्षा याममा आउने महाकालीको बाढीले पनि असर गर्न सक्दैन होला । हजुरको बोलि मेरो लागि आशीर्वाद, हजुरको गालि मेरो लागि आशीर्वाद । हजुरको पिटाई मेरो प्रेणा भयो र पो आमा म यहाँ सम्म आईपुगे । बल्ल आज थहाभयो हजुरको शत्तिको क्षमता । 

सन्तानलाई सुख दखपर्दा आमाको हातचाहिदो रहेछ । आमा अहिले जति हजुरको याद आउछ त्यो भन्दापनि बढी त त्यो बेलाको आउछ जुन बेला म एक रोटि माग्थ्य हजुर दुई रोटी दिनुहुन्थ्यो । मलाई त्यो समयको याद आउछ आमा जुन समयमा हजुर अर्कोको खेतमा दिन भरी काम गरेर पाएको खाजाहुन्थ्यो मेरो छोरा भोकै छ भनि घरमा ल्याएर मलाई दिनुहुन्थ्यो । मलाई त्यो मासमको सम्झना आउछ आमा जुन मौसमा मेलाजादा सबै नयाँ नयाँ लुगालगाएर मेलाजान्थ्य तर म माने दाईले टालो हालेको प्यान्ट लगाएर मेला जान्थ्य । जब म भोकले जोरजोरले रुनथ्य अनि हजुर आफनो पिडा, बोक, प्यास,दुख, कष्ट सहेर पनि मलाई दुध दिनुहुनन् थियो आमा । 

मलाई कोखमा च्यापेर आफनो पिठियुमा भारी बोकेको, आफनो कोखमा सुताएर पिठो पिसेको त म कसरी यति चाँढै बिर्सिन सक्छु र आमा । हजुरको पटुकीको तुना समातेर रुदै हजुरको पछी लागेको त अहिले झल्झली याद आउछ आमा । म जन्मदा सुरु भएको माओवादी आन्दोलन सकीयो, सरकारमा आयो । तत्कालीन माओवादी र एमाले एक भएर नेकपाभए । यो बिस बाईस बर्षमा कति परिवर्तन भयो कति । तर हजुरले गर्ने मायामाकहिलै परिवर्तन आएन । हिजो पनि उस्तै छ आजपनि उस्तै छ आमा । हुनत मायामा परिवर्तन पनि कसरी आउनु र प्रत्यकआमाहरुले आफनो सन्ताललाई सधै एकनासको नै माया गरिरहन्छन आमा ।
 

सक्दीन आमा म हजुरको मातृत्वशत्तिलाई बिर्सिन । कहिलै बिर्सिने छैन । नत हिजो बिर्से, नत आज नै बिर्सेको छ,, नत भोली नै बिसिने छु । म आफुलाई जन्मदिने आमालाई कसरी बिर्सिन सक्छु र । यो मेरो ईच्छा होईन, जुन आज म हजुरबाट टाढा छु । के गरुम आमा । मेरो नियति नै यस्तै भईदियो । जसले मलाई हजुरबाट टाढा बनाईदियो । यो मेरो चाहाना होईन आमा बाध्यताहो । मलाई परिस्थितिले परिवर्तन गरायो । टाढा बनायो । म सधै कसरी रहन सक्थ्ये र एकनासको अनि हजुर कै आँखा अगाडि । 

म हजुरको आँखा अगाडि नभएपनि धड्की रहेको मेरो मुटुको प्रत्यक धड्कनमाहजुरको याद रहेको छ । के मलार्इ जन्मदिने बा, आमा संगै बस्ने मन नहोला । हर प्रयास गरे हजुर संगै बस्न, हर कोसीस गरे मैले घर छोड्न नपरोस् भनेर । तर नियतिले टाढा बनाई दियो । यसमा मेरो के दोस । परिस्थिती अनुसार चल्नु पर्दो रहेछ । रहरहरु परिवर्तन हुदा रहेछन । चाहानाहरुले टाढा बनाउदो रहेछ । आफन्तहरुको बचनले घोच्दो रहेछ । 

समयले आफनो मान्छेलाई पनि टाढा बनाउदो रहेछ । आमा सबै समयका खेल हुनन् । समय संग कसैको केहि नलाग्दो रहेछ । जसलाई मैले भग्वान सरह माने, जसलाई मैले आफनो सबै भन्दा नजिकको साथि माने, जसलाई मैले आफु भन्दापनि बढी विश्वास गरे । जसलाई मैले आफु भन्दापनि बढी माया गरे । आज तिनिहरु नै मबाट टाढा भए । 

म आजएक्लो छु, रित्तो छु आमा । जब आफनो कोहि नहुदो रहेछ, आफु संग केहि नभए पछि सबैले साथ छोड्दा रहेछन । अहिले त मलाई सहरका गल्लिहरुले पनि साथदिन छोडे । गिज्याउनथाले आमा । पेट भोको हुदा खाएनखाएको , बिरामपर्दा सन्चो बिसन्चो सोधिदिने पनि कोहि छैनन् आमा । आमा मलाई सबैले किन एक्लो बनाए, मैले के नै गल्ति गरेको छु र त्यसो । हजुरको अर्ति उपदेश अनुसार सधै अगाडि बढे । सधै प्रगतिका पाईलाहरु अगाडि सारे । 

आफनो खानदानको सबै भन्दा अगाडि बढे । कहिलै पनिहजुरको ईज्जत जाने काम गरेन आमा । सायथ यसैको डाहाले होला, रिसले हालोन पानीझै उम्ली रहेका । हजुरलाई नानाथरिका कुरा लगाएर मेरा प्रगतिकापाईला रोकि रहेकाहोलान । हजुरको हाँसोलाई पचाउन नसकेर धुरुधुरु रुहाँउन खोजेका होलान । तर म यसो हुनदिनन् आमा । म सधै प्रगतिगरि रहने छु । 

जुरको छोरा हिजो जस्तो थियो आज पनि त्यस्तै छ । भोलि पनि त्यस्तै रहिरहनेछु आमा । मेरो विश्वास गर्नुहोस् । अरुले साथ नदिए पनि मलाई केहि असर गर्ने छैन । तर हजुर सधै साथ दिईरहनु, आशीर्वाद दिनमा कमि नगर्नुहोला । मलाई यतिभयो भने म प्रगति गछर्् बस् म प्रगति गर्छु ।

हुनत भन्ने गरीन्छ आमा आफुलाई पुगे पछि कोहि कसैलाई हेर्दैन । हो रहेछ आमा । अहिले म पनि यहि नै महसुस गरिरहेको छु । म रित्तो छु । उनिहरुलाई प्राप्त छ । त्यसैले साथ छोडेहोलान । मैले यति भनिरहदा हजुर मलाई भन्नुहोला त पनि पुगे पछि यस्तै हुनेछै । म पछि कस्तो हुनेहुँ त्यो त मलाई थहा छैन आमा तर मैले हिजो उनिहरुलाई साथदिन सम्मदिएकै हो । उनिहरुलाई दुखपर्दा मेरा हातखुट्टा अगाडि सरे । सुखमा संगै हाँसीदिए, नाचिदिए । 

सधै साथ र सहयोग गरिरहे । तर आज मलाई दुखपर्दा, उनिहरुको आवश्यकता हुदा मेरा भएनन । एक्लो भए आमा । आफुसंग कोहि नभए पछि केहि गर्न मन नलाग्दो रहेछ । कसै संग बोल्ने मन नलाग्दो रहेछ । एकोहोरो भौतारिने मन लाग्दो रहेछ । अहिले म घमण्डि भएछु दुनियाको नजरमा । अल्छि भएछु । केहि पनि गर्न नसक्ने भएछु । तर म यस्तो छैन आमा घमण्ड गर्नको लागि मसंग के नै छ र । अल्छि हुनको लागि मैले के काम पो पाएको छु र । 

म यति कमजोर पनि छैन केहि गर्न नसक्ने । आमा म अब सबथोक गर्छु । त्यसको लागि म जाग्दैछु, अरुलाई जगाउदै छु । म बिउझिदै छु, अरुलाई पनि बिउझाउदै छु । ठुलो लक्ष्यलिएको छु, छुनमात्र बाकिछ । सपना देखेको छु, विपनामा उत्र्तान मात्रै बाकि छ । आवाज खुलेको छ, अबसर पाएपछि जोरजोरले चिच्याउने छु । जब म चिच्याउनेछु सबैका कानखुल्ने छन । अनि सबैले भन्नेछनन् आमा छोरा होस्त यस्तो होस् । 

हजुर सोच्दै हुनुहुन्छ होला आमा छोराको एक बर्ष आयु घट्यो । अब त विवाह गर्ने उमेर भयो । सुशिलकन्या घर भित्र भित्र्याउन पाएहुन्थ्यो । छोरा जवानभयो, छोराको लागि बुहारीको आवश्यकता छ । आमा यो चाहाना हुनु स्वभावि नै हो । हजुरलाई मात्र होईन प्रत्यक आमाको चाँहाना हुन्छ छोरा जवानभए पछि बुहारी खोज्ने । 

बुहारी भित्र्याउने आमाहरु बर्षो देखी पर्खेका हुन्छन । आमाहरुलाई त छोरा भन्दापनि बढी आवश्यकता त बुहारीको हुन्छ । त्यहिभएर होला आमा म जन्मदा छोरा भयो की छोरी भनि सोदा बुहारी भनेको । कोखबाट छोरा जन्मे तर आमाको मुखबाट बुहारी । त्यसै भनिएको नहोलाआमा साहुँ भन्दा ब्याज प्यारो, छोरा भन्दा नाति प्यारो । 

अब हजुरको नातिनुतिना खेलाउने समय भयो । हजुरको माग, खुसी, आवश्यकतालाई सम्बोधन गर्ने गरी पच्चे बाजा बजाएर एक दिनपक्कै ल्याउने छु बुहारी आमा । हुन मेरी आमालाई बुहारीको आवश्यकता के नै छ र । मनै बुहारी छु । बुहारीले गर्ने सबै काम म गर्छु । तर आज म टाढा भएर मात्रै हो । हजुरलाई साथदिन सकिरहेको छैन । तर केहि छैन चाँडै आउदै छु हजुरको नजिक आमा । 

हिजो घरको आगनमा ढुटोमाटो खल्ने बालक आज जवान भएको छु । मलाई पनि रहर नभएको हाईन कुनै युवतिको अंगालोमा सुत्ने । आमालाई बुडेस कालमा बसीबसी खान दिन , नातिनुतिना खेल्न दिन । तर के गर्नु आमा हजार सपना छनन् । ति सपनाहरुलाई पुरा गर्नु छ । हरेक बर्ष मङसीर आउछ, त्यसै जान्छ । साथिहरु कति मङसीर कटाउने हो अबत बुढो भईस भन्दै जिस्काउने गर्दछनन् । क्रितुहरु आउछन, त्यसै जान्छन । 

मलाई पनि बसन्त क्रितुमा प्रेम गर्ने मन लाग्छ । बसन्त क्रितुमा पलाएका पालुवा संगै रमाउदै प्रेमका कविता लेख्ने, प्रेमको गितगाउन मन लाग्छ । प्रेमका कथा लेख्ने मन त मलाई पनि नभएको कहाँ हो र । एउटा प्रेमपत्र लेखेर कुनै युबतिको हातमा त राखीदिउ त म पनि सोच्छु । तर आमा यो सम्वभ छैन । यि रहर भन्दा बढी त मेरा सपनाहरुले घेरेको छ मलाई आमा । यति महत्व समयलाई प्रेम गरेर फल्नु छैन, यति चाँढै विवाह बन्धनमा बाध्नु छैन मलाई आमा ।

मलाई त अहिले हजुरको कोख नै प्यारो छ । बुहारीआउला, म सुख पाउला । बुहारी आउला, मेरो मुखनिर खानाआउला । बुहारी आउला, पिठियुमा बोक्नु छुटला । बुहारी आउला खेतमा मैल पर्सो गरला । तर आमा यस्तो होला बिनि नसोच्नु होस् । समय परिवर्तन भयो । मान्छे परिवर्तन भए ।

पहिलेको जस्तो समय अहिले छैन । उहिलेका जस्ता मान्छे अब रहेनन् । परिवर्तित मौसमा चलेको हावाले सबै आदर्श, संस्कारलाई उडाई लाग्यो । हजुर त कमरमा धोति बेरेर खाना खाने मान्छे आमा । अहिलेका बुहारीहरु त्यसता छैनन् । जिन्सको हाप प्यान्ट, टिसट र टाउका माथि चस्मा राखेर खाना बनाउछनन् । उहिलेका बुहारीहरु बिहान कुखुरा संगै उठ्थ्य । चियानास्ता खाएर खेतबारीको काममा जान्थ्य तर आमा अहिलेका त्यस्ता छैनन् । 

बिहान उठेर साझ सम्म मोबाईलमा हात तलमाथि गर्न मात्र आउछ । हिलो मैलो गर्नु, पिठ्ीयसमा भारी बोक्नु, बारीमा गोडमेल गर्न त अहिलेका बुहारीहरुलाई पटक्कै गर्न आउदैन । आउछ त केबल जिन्सका प्याईन्टको पछाडीको पकेटमा ठुलो मोबाईल हाली, काँधमा ब्याग हालेर बजार डुल्न आउछ । 
बाउसी खल्ने हातले फेसबुक चलाए पछि
भारी बोक्ने काँधमा ब्याग बोकेपछि पछि
कसरी हुन्छ गरिबी अनि बोकमरीको अन्त्य
कमाएको सबै सम्पति बजारमा लिलाम गरे पछि ।।
यस्तै छ आमा अलिको प्रचलन । आधुनिकताको नाममा बिदेशि पहिरन । विदेशि संसकृत्तिमा रमाउनु त फेसन नै भई सक्यो । मलाइृ अहिले सम्म याद आउछ आमा हजुरले लगाएका गुन्योचोली, कानमा लगाएका ढुङग्रीहरुको, हातमा हालेका बालाको । आमा यति मात्रै होईन त्यो समयका फाग हराए, मागलहरु हराए, बनपाखामा गाईने मौलीक गितहरु हराए ।

तिजमा मौलीक गितमा छमछमी नाचेको, होलि पर्वमा देउडा खेल खेलेको त अहिले झलझली याद आउछ । अहिले कहाँ हराए कहाँ आमा । सबै पर्वमा डिजे बज्न थाले । अब आफै भन्नु आमा   यस्ता युवतिहरु त हजुरलाई त मनै पर्दैन । त्यो भन्दा त मनै छु हजुरको बुहारी । बुहारीले गर्ने सबै काम म गरिहाल्छु । हजुरको बुढेसकालको सहारा म छदैछु आमा । आमा म हजुरको पेट भोको राख्ने छैन, हजुरको छाति नाङगो राख्ने छैन ।

हजुरको लाजलाई पक्कै पनि ढाक्ने छु आमा । यदि मैले यति पनि गर्न सकेन भने मलाइृ पाप लाग्ने छ । मेरो मन सधै पोली रहने छ । म पक्कै पनि आफनो कतव्य पुरा गर्ने छु आमा ।

आमा मैले यस धर्तिमापाईला टेकेको दुई दशक बिति सक्यो । मगरिबको घरमाजन्मे । जन्मदा सामान्य मान्छे भई जन्मे तर मर्दा महान मान्छे भई मर्ने सपना छ । यसको लागि बाल्यकाल देखी नै संर्घष गर्दै आए । सानो छदा ढिडो र आटो खाए । सहरमादाउरा बेचेर पढे । मिठो मसीनो चाडपर्व मामात्रै खान्थ्यौ । फटा टुटा लुगालगाएर मेलागए । सधै पिडा नै पिडा भएपछि आफनो मनका वेदनाहरुलाई यसरी पोख्थ्य .......
आमाको उध्रेको चोली सीलाउनै सकेन
बाको पिडामा मलम लगाउनै सकेन
जन्मदामर्द भई त जन्मे तर 
चुने झोपडिको छोनो छुनै सकेन
यस्तै यस्तै......
तर आमा समय संगै म पनि अगाडि बढे । 
आज आफनै पैदलमा हिड्न सक्ने भए । 
आफनो जिम्मेवारी आफै उठाउन सक्ने भए । 
यो भन्दा बढी के नै चाहिएको छ र आमा ।
अशिक्षित समाजमा शिक्षाको उज्यालो छर्न सक्ने भए । 
हजुर त सृष्टिको मुहान । माया ममताकी खानि । त्यसैले आज म हजुरको संघर्षको महिमा गाउदै छु । हजुरले अर्ति उपदेश मैले अझै बिर्सेको छैन आमा । हजु्रको सपना पुरा गर्न रातदिन लागि परेको छु । हजुरले नौ नौ महिना कोखमा राखिहुर्काउनु भयो । पढाउनु भयो । यहाँ सम्म पुर्याउनु भयो । अब छोराले मलाई बिर्सियो नभनु, बुढेसकालमा एक्लै छोडेर गयो नभन्नु, अब त्यसका पनि पखेर्टा लागि सके आकासमा उडि गयो नभन्नु । म काहिँगएको छैन । 

समय परिस्थितीले केहि दिन, केहि महिना, कृहि बर्षको लागिमात्रै हामिलाई टाढा बनाएको छ । मन,तन अनि मायाले नजिकै छु आमा । आमा अब मैले धेरै गर्नु छ । पढ्नु छ । नामको अगाडि डाक्टर थप्नु छ । यतिमात्रै होईन आमा । सन्ताननभएकाहरुको छोरा बन्नुछ, बुढेसकालमा घरबाटा निकालेर सढकको किनारमा छोडेकाहरुको सहारा बन्छु । अनाथहरुको अविभावक बन्नुछ । आमा मैले स्वार्थि संसारलाई परोपकारीको पाठ सीकाउनु छ । 

धर्तिको सेवा गरेर स्वर्गको ढोकाखोल्नु छ । सांगुरा बाटालाई छाति जस्तै चौडा बनाउनु छ । अशिक्षाका अँध्यारामा अक्षेरहरुको दियो सल्काउनु छ । देशवासीका ढुक्ढुकीमा राष्ट्यिताको ज्योति बाल्नु छ । म त झोपडिमा उमे्रको फुल हुँ । फुल्नको लागि बगैँचा बनाउदै छ ।  बगैँचा बनाई सके पछि ढकमक्क गरी फुल्ने छ ।  ....यस्तै यस्तै अरु पनि गर्नु छ । अनि आमाको छोरा बन्नु छ । यो पत्रमा मनका धेरै भावना पोखे आमा बाँकि अर्को पत्रमा ....यहिलेलाई यति नै । 

                                                                                                                                  उहिहजुरको मुटुको टुक्रा
                                                                                                                                   हरि भट्ट 
 



आइतबार २२, पुष २०७५ १०:४३ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस