बैतडीमा जिप दुर्घटना हुदा चालकको मृत्यु ३ जना घाईते

बैतडीमा जिप दुर्घटना हुदा चालकको मृत्यु ३ जना घाईते

बैतडी। बिहीबार बिहान ५ बजेतिर बैतडीमा भएको जिप दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

धनगढीबाट बझाङ तर्फ गइरहेको से १ ज ८४३ नम्बरको जिप जय पृथ्वीराज मार्ग अन्तर्गत सुर्नया गाउँपालिकाको आलु गैरामा दुर्घटना हुँदा बझाङको बुंगल नगरपालिका ११ घर भएका चालक धनबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीमा अनुसार सो दुर्घटनामा तीन जना घाइते भएका छन् । घाइते हुनेमा बैतडीको पुर्चौडी नगरपालिका वडा नं. ४ भटनाका ३५ वर्षीय जनकराज भट्ट र सोही ठाउँका अन्दाजी ४० वर्षीय गंगादत्त भट्टको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक धामीले जानकारी दिए ।

त्यस्तै, दुर्घटनामा परी घाइते भएका बझाङको बित्थडचीर गाउँपालिकाका हरिश बोहराको अवस्था भने समान्य रहेको प्रहरीले जनाएको छ । घाइते तिनै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।