संसदीय दलमा भीम रावलको प्रश्न : पश्चिम सेतीबाट चिनियाँ कम्पनीलाई कसले निकाल्यो ?

संसदीय दलमा भीम रावलको प्रश्न : पश्चिम सेतीबाट चिनियाँ कम्पनीलाई कसले निकाल्यो ?

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले पश्चिम सेती आयोजनाबाट चिनियाँ कम्पनीलाई कसले निकाल्यो भनेर नेतृत्वलाई प्रश्न गरेका छन् ।

बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी शर्मा ओलीका साथै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतका नेताहरु थिए ।

पूर्वपराष्ट्रमन्त्री समेत रहेका रावलले अर्थमन्त्रीले बजेटमार्फत पश्चिम सेती आयोजना नेपाल सरकारले बनाउने भनेको तर, एक रुपैयाँ पनि बजेट नछुट्याएको बताएका छन् । तर, लगानी बोर्डले भने चिनियाँ कम्पनीसँगै रहेको बताउँदा आयोजना नै अन्यौलमा परेको भन्दै उनले आपत्ति जनाएका छन् ।

बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले पश्चिम सेतीबारे छलफल भइरहेको जवाफ दिएका छन् । किन चिनियाँ कम्पनीलाई हटाएर सरकार आफैंले बनाउने भन्ने निर्णय प्रक्रियाबारे प्रष्ट हुन बाँकी रहेको एक सांसदले बताए ।